काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबिच एनपीएलको तेस्रो संस्करणका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे । सम्झौतासँगै प्राइम टाईल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइट टायल पार्टनरका रूपमा जोडिएको छ ।