काठमाण्डु- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले पार्टी निर्माणमा लामो समय योगदान गरेका नेताहरू १५औँ महाधिवेशनमा सहभागी नहुँदा आफूलाई नमीठो लागेको बताएका छन्। महाधिवेशनको बन्द सत्र समापनलाई बुधबार साँझ सम्बोधन गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवासहित महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीको एकताका लागि फर्किन आग्रह गरे। ‘नआउनुभएका नेतालाई आग्रह गर्छु। अझै दुई हात जोडेर आग्रह गर्छु।