अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

  • बुधबार २१ असो २०८३ १२:०४ PM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब रु ४६ लाख ३७ हजार बराबरका विभिन्न देशका अवैध मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल