बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु  

काठमाडौँ । ललितपुरमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । सोही स्कुटरमा सवार अर्का व्यक्ति भने गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी गोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक बाडेगाउँकी २० वर्षीया गायत्री श्रेष्ठ पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।  प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।