बजारमा झिनो अंकको सुधार : ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार 

काठमाण्डौँ - साताको चौथो कारोबार दिन बुधबार बजार ९.५० अंकले बढेर २ हजार ८९.६२ विन्दुमा बन्द भएको छ । 
यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले बढेर ३८६.३३ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०१ वटा कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।