सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि, क–कसले भर्न पाउँछन् ?  

काठमाण्डौँ - सर्वोत्तम सिमेन्टले आजदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको छ । 

कम्पनीले आजदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको हो । 

कम्पनीले  खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८  र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता र बाँकी रहेको २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । 

बुक बिल्डिंग विधिबाट निष्कासन गर्न लागिएको सेयरको मूल्य पूतिकित्ता  ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ ।
लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।