काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा देवराज चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् । चालिसे कांग्रेसका प्रवक्ता हुन्। यसअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएका थिए।