काठमाण्डु- सर्वोच्च अदालतको रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफारिस विवादमा परेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले चार जनाको नाम सिफारिस गरेलगत्तै परिषद् सदस्यदेखि नेपाल बार एसोसिएसनसम्मले गम्भीर आपत्तिर र विरोधसहित प्रश्न उठाएका छन्। परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई