भीमाद दुर्घटना अपडेट : घाइते १ जनाको मृत्यु, अन्यको अबस्था कस्तो छ ?

तनहुँ -  भीमाद नगरपालिका ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए । मृतकको पहिचान खुल्न बाँकी छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवहाक जीप दुर्घटनामा विहान साढे ९ बजे दुर्घटना भएको हो । ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटरतल खसेको थियो । जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो ।

थप उपचारका लागि ३ जनालाई पोखरा रेफर गरेको गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।