रामबहादुर बम्जनलाई सर्लाही प्रहरी र अदालतमा उपस्थित गराईँदै 

काठमाडौँ - तपश्वी भनेर आफूलाई प्रचार गराउँदै आएका रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले सर्लाही प्रहरी र अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाही प्रहरीमा हाजिर गराएर अदालतमा उपस्थित गराउने तयारी रहेको सीआइबी स्रोतले जानकारी दिएको छ । प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो ।

बम्जनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र दुई चेला गरी चार जनालाई बेपत्ता पारेको, एक जनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन् ।