महामन्त्रीमै दोहोरिने तयारी गरेका प्रदीप पौडेल भन्छन् : कांग्रेसलाई जरैदेखि बलियो बनाउनु छ

  • बुधबार २१ असो २०८३ ११:१४ AM
काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले कांग्रेसलाई तल्लो तहदेखि नै बलियो बनाउनुपर्ने चुनौती रहेकाले आफूले पुरानै पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले पार्टीका साथीहरूले आफूलाई महामन्त्रीमै दोहोरिन सुझाव दिएको र कांग्रेसलाई जरैदेखि बलियो बनाउने उद्देश्यले उम्मेदवारी दोहोर्‍याएको बताए। ‘कांग्रेस जरैदेखि बलियो बनाउनु छ। साथीहरूले नै मलाई तपाईं महामन्त्रीमै जानुपर्छ भन्ने सुझाव दिनुभएको थियो,’