चिसो बढेसँगै बन्द हुन थाले सामुदायिक विद्यलय

काठमाडौँ । पछिल्लो केहीदिनयता अत्याधिक चिसो बढेपछि महोत्तरी जिल्लाका सामुदायिक विद्यालयहरु बन्द हुन थालेका छन् ।

बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

चिसोबाट जनजीवन  प्रभावित हुन थालेपछि बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले बताए ।