पछि हटे देवराज चालिसे : उपसभापतिको उम्मेदवारी फिर्ता लिए

  • बुधबार २१ असो २०८३ १०:२८ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । चालिसेले बुधबार अपरान्ह उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको चालिसेले बताएका छन् । उनले मंगलबार खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए ।