राष्ट्रिय सभा उम्मेदवार भट्टविरुद्ध एमालेका उम्मेदवार जोशीले दिए उजुरी   

काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिएका नारायणदत्त भट्टविरुद्ध नेकपा एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो । उनको अपाङ्गता परिचय पत्र नै अवैधानिक रहेकोले खारेजीको माग गर्दै जोशीले उजुरी दिएका हुन् ।

भट्टले स्थानीय अपाङ्गता समन्वय समितिको निर्णय विना परिचय बनाएर उम्मेदवार बनेर ठगी गरेको जोशीको आरोप छ । भट्ट कांग्रेस कैलाली जिल्ला सभापति पनि हुन् ।