भारतसँग भएका सम्झौतामा एक पक्षीय नभएको प्रधानमन्त्री प्रचण्डको दाबी 

काठमाडौं ।  भारतसँग भएको सम्झौतामा एक पक्षीय रूपमा आयोजना छनोटको सुविधा नदिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबी गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एक पक्षीय आयोजना छनोट र कार्यान्वयन गर्न सुविधा नदिएकोबताएका हुन् ।

उनले आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आवधिक समीक्षासमेत नेपाल सरकारबाट हुने गरी सम्झौता भएको बताएका थिए ।