झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो । आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।