हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषण, कति छ बोनस ?

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २०७९–८० को मुनाफाबाट सेयरधनिलाई ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।