भारतका चर्चित गायक तथा सङ्गीतकार उस्ताद राशिदको निधन

काठमाडौँ । भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो ।

भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् । उनले ‘इश्क’, ‘मन्टो’, ‘मौसम’, कादम्बरी’ लगायतका चलचित्रका गीतसमेत गाएका छन् । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।