न्यायाधीश नियुक्ति सिफारिसमा वस्तुनिष्ठ आधार र पारदर्शिताको अभाव देखियो: बार एशोसिएसन

  • बुधबार २१ असो २०८३ ०४:०१ PM
काठमाडौं : नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति गम्भीर आपत्ति जनाएको छ। बार एशोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै न्याय परिषद्ले संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्तअनुसार वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेशागत तथा नैतिक आचरणलगायतका आधारलाई मेरुदण्ड बनाएर न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्ने जनाएको छ।तर, संविधानको धारा १२९ को उपधारा (५) बमोजिमको क