काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक नकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा उक्लिएको थियो। सो दिन ३ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।नेप्से परिसूचक घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा सुधार आएको छ। यसदिन ३५९ वटा स्क्रिप्सको १ करोड ३ लाख ६८८ कित्ता सेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँमा खरिदबिक्री भए।