बिर्तामोडको फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा, एक जना घाइते

  • बुधबार २१ असो २०८३ ०४:०१ PM
झापा : झापाको बिर्तामोडमा फर्निचर उद्योग तथा सोरुममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आज बिहान १०:४५ बजे बिर्तामोड नगरपालिका-४ स्थित अन्नपूर्ण चोकमा हर्क सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर फ्याक्ट्री एण्ड सोरुमबाट सल्किएको आगो करिब साढे दुई घण्टापछि नियन्त्रणमा आएको हो।आगलागीका कारण सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घरमा भाडामा बस्दै दिव्याश्री अग्रवालले सञ्चालन गर्दै आएको जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड सोरुममा समेत पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडल