परासी : नवलपरासीबाट प्रहरीले ११ लाख बढीका कपडा बरामद गरेको छ । सुस्ता गाउँपालिका–१ रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखेका ११ लाख ६८ हजार बराबरका कपडा बुधबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलाटारीबाट गएको टोलीले भन्सार छलेर ल्याएका कपडा बरामद गरेको हो । बरामद गरिएका कपडामा साडी ८९ पिस, कुर्था सुरुवाल १ सय ७६ पिस, लेडिज टिसट १८ पिस, पुरुष सेरवानी कुर्थ