काठमाण्डु– सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई रिहा गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अग्रवालले दायर गर्न खोजेको बन्दीप्रत्यक्षीकरणको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेको हो। सर्वोच्च प्रशासनले रिट दरपिठ गरेपछि अग्रवालका तर्फबाट इजलासमा निवेदन दिइएको