काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट भनिएकाहरूका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार छापा मारिरहेको छ। विभागको टोलीले चोलेन्द्रनिकट केही व्यक्तिका घरमा पुगेर सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएर छापा हानेको हो। जबरासँग जोडिएको आर्थिक लेनदेन र विभिन्न व्यक्तिसँगको सम्पर्कबारे अनुसन्धान भइरहेका बेला विभागले छापा हानेको हो। विभागले दीपक तिमल्सिना, नवराज थपलिया र प्रभु शमशेर राणाको घरमा