६ अंकले घट्याे सेयर बजार, कारोबार रकम बढ्याे

  • बुधबार २१ असो २०८३ १०:०६ AM
काठमाण्डु– बुधबार सेयर बजार ६ अंकले ओरालो लागेको छ । नेप्से घटेसँगै परिसुचक २५७२ कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । यसदिन ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो