काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् । बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या अध्ययन र अनुसन्धानमार्फत पहिचान गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन्