एलजीले लञ्च गर्‍यो विश्वकै पहिलो वायरलेस टिभी,यस्ता छन् विशेषता

काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिक्सले विश्वकै पहिलो वायरलेस टेलिभिजन(टिभी) लञ्च गरेको छ ।

कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो- २०२४ ’(सिईएस) मा वायरलेस र पारदर्शी टिभी लञ्च गरेको हो ।

सिईएसमा कम्पनीले प्रत्येक वर्ष टिभी लञ्च गर्ने गर्छ । तर यो वर्ष कम्पनीले लञ्च गरेको टिभी पहिलेको भन्दा भिन्न र पृथक छ ।

कम्पनीले लञ्च गरेको टिभी परम्परागत टिभी नभई पारदर्शी ‘एलजी सिग्नेचर ओएलईडी टी’ टिभी हो । 

कम्पनीले आफ्नो एम र जी सिरिजलाई अपडेट गर्दै पहिलो वायरलेस ट्रान्स्प्यारेन्ट ओएलईडी टिभी ल्याएको हो ।

यो टिभी फोरके रेजुलेशन र वायरलेस अडियो–भिडियो प्रविधिका साथ उपलब्ध हुनेछ । 

यो टिभीमा एउटा कन्ट्रास्ट स्क्रीन दिइएको छ,जो एउटा बाकसमा रोल गर्न सकिन्छ । यसलाई एउटा बटन थिचेर बाहिर–भित्र गर्न सकिन्छ ।

यो एलईडी टिभि कम्पनीको लेटेस्ट अल्फा- ११ एआई प्रोसेसरका साथ उपलब्ध हुनेछ । यसले अघिल्लो जेनेरेशनको टिभीभन्दा चार गुणा बढी राम्रो प्रदर्शन गर्न सक्छ । 

यो टिभी कुनै एक्युरियम जस्तै देखिने पनि कम्पनीले बताएको  छ। -एजेन्सी