राठौरले फिर्ता लिए सभापतिको उम्मेदवारी, अब गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा

  • बुधबार २१ असो २०८३ ०९:५९ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ’ विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको