८ हजार घुससहित प्रहरी सहायक निरिक्षक भण्डारी पक्राउ

काठमाडौँ । प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् । बाँकेमा कार्यरत भण्डारी ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो।

 कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै उनले उक्त रकम लिएको आरोप छ । उनलाई उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।