संवैधानिक इजलास कसैको निजी रोजाइको सूची होइन: बार एशोसिएसन

  • बुधबार २१ असो २०८३ ०३:०१ PM
काठमाडौं : नेपाल बार एशोसिएसनले बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास गठनलाई प्रधानन्यायाधीशको व्यक्तिगत तजबीचको विषय बनाइराख्ने प्रवृत्ति देखिएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ,'संवैधानिक इजलास कसैको निजी रोजाइको सूची होइन। न त न्यायाधीश छनोट गर्ने व्यक्तिगत विशेषाधिकारको क्षेत्र हो। कुनै स्पष्ट,वस्तुगत र पूर्वनिर्धारित मापदण्डविना गरिने स्वेच्छिक छनौटले न्यायिक निष्पक