मेस्सीको बिदाइसँगै अर्जेन्टिनाको १० नम्बर जर्सी खाली, तर फिफाको नियमले अर्कै भन्छ

  • बुधबार २१ असो २०८३ ०८:२६ AM
काठमाण्डु- लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदाइ लिएसँगै विश्व फुटबलकै सबैभन्दा चर्चित १० नम्बर जर्सी पनि अब नयाँ खेलाडीको प्रतीक्षामा छ। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनी यसअघि पनि सन् २०१६ मा राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेर फर्किएका थिए। यसपटक भने उनको अन्तर्राष्ट्रिय यात्रा अन्त्य भएको मानिएको छ। मेस्सीको