काठमाण्डु– नेपालमा ऊर्जा क्षेत्रको बहस अब कति मेगावाट बिजुली उत्पादन भयो भन्नेमा मात्र सीमित नरहने संकेत देखिएको छ। उत्पादन भएको बिजुलीलाई प्रसारण प्रणालीमा जोड्ने, खुला पहुँचमार्फत बजारसम्म पुर्याउने र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने दिशामा नीतिगत तयारी अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा अड्किएका आयोजना अघि बढाउने, नयाँ लगानी आकर्षित