कोरला नाकादेखि लेतेसम्म पाँच सयभन्दा बढी कन्टेनर सडकमै रोकिए

  • बुधबार २१ असो २०८३ ०८:४९ AM
मुस्ताङ । म्याग्दीको लेतेदेखि मुस्ताङको कोरला नाकासम्म पाँच सयभन्दा बढी कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन् । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनबाट आयात गरिएका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा रोकिएका हुन् । बाढीपहिरोका कारण म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायतका स्थानमा सडकमा क्षति