काठमाडौं । सरकारले विमानस्थल निर्माण, स्तरोन्नति, व्यवस्थापन तथा सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउने कानुनी बाटो खोल्ने तयारी गरेको छ । संघीय संसद्मा पेस भएको ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले विमानस्थल पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी पूँजी परिचालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो । विमानस्थलजस्तो ठूलो पूर्वाधार निर्माणमा