नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ । बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो । सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने उद्यमशील सोच भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले