दशैंअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

  • बुधबार २१ असो २०८३ ०८:०८ AM
चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सडक विभागले प्राकृतिक विपद्का कारण क्षति पुगेका राजमार्ग तथा सडकको मर्मतसम्भारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरुद्ध मुख्य राजमार्ग दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। ‘भोटेकोशी बाढी