बर्दिबास : महोत्तरीबाट विद्युत्को ट्रान्सफर्मरको तामाको क्वाइलसहित ५ जना प्रहरीको नियन्त्रणमा परेका छन्। असोज १९ गते राति करिब ७ बजेको समयमा महोत्तरी, बर्दिबास नगरपालिका–१ स्थित हमाल टोलबाट ३३ केजी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए।नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सर्लाहीको गोडैता नगरपालिका–६, बगदहका ३१ वर्षीय इन्द्रजित महतो, महोत्तरीको बर्दिबास नगरपालिका–८, ह