काठमाडौं : रामेछाप नगरपालिकाको वडा नम्बर-१ गोठगाउँका वडाअध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन्। कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष खत्रीले आज नगर प्रमुखसमक्ष राजीनामा पत्र पेश गरेका हुन्। उनले नेपालको संविधान तथा नगरपालिकाको कानूनबमोजिम आजकै मितिदेखि लागू हुने गरी राजीनामा पेश गरेको पत्रमा उल्लेख गरेका छन्। स्थानीय निर्वाचनका क्रममा जनतासमक्ष गरिएका कतिपय प्रतिबद्धता तथा अपेक्षाअनुसारका कामहरू कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाई छ। &lsquo