लेतेदेखि कोरलासम्म रोकिएका छन् ५ सय बढी कन्टेनर

  • बुधबार २१ असो २०८३ ०८:१० AM
काठमाण्डु– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै ५ सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ