काठमाण्डु- केही बिदाइहरू सामान्य हुँदैनन्। केही बिदाइसँगै एउटा खेलाडी मैदानबाट मात्र बाहिरिँदैन, एउटा पुस्ताको सम्झना पनि इतिहास बन्छ। ब्युनस आयर्सको मोनुमेन्टल रंगशालामा मंगलबार राति त्यस्तै दृश्य देखियो। अर्जेन्टिनाको जर्सीमा लियोनल मेस्सी अन्तिमपटक मैदानमा उत्रिए। २१ वर्षसम्म अर्जेन्टिनाको नम्बर १० बोकेका ३९ वर्षीय मेस्सीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै एउटा असाधारण अन्तर्राष्ट्रिय यात्रामा पर्दा खस्यो। ८५