दशैँअघि बाढीपहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी

  • बुधबार २१ असो २०८३ ०७:३७ AM
काठमाडौं । दशैँनजिकिँदै गर्दा सरकारले बाढीपहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत तथा पुनःनिर्माण गरी चाडपर्वअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ । सडक विभागले बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग तथा सडकको मर्मत तथा पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र