पशुपतिनाथ मन्दिर प्रवेश गरेको आरोपमा इटहरीबाट अन्सारी दम्पती पक्राउ

  • बुधबार २१ असो २०८३ ०७:०२ AM
काठमाडौँ : गैरहिन्दू भएर पनि पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र उनका श्रीमान् ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका परियार र अन्सारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ। पशुपति मन्दिर परिसरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रेम विवाह गरेका ओसीम र प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेर एक भिडियो बनाएका थिए। उनीहरूले निर्माण गरेको भिडियोमा अन्सारीले मुस्लिम समुदायले ... The post पशुपतिनाथ मन्दिर प्रवेश गरेको आरोपमा इटहरीबाट अन्सारी दम्पती पक्राउ appeared first on Kalika Khabar.