काठमाडौं । आम जनता पार्टी (आजपा)ले युवा नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा नयाँ जिम्मेवारी तोक्ने क्रममा सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो । आजपाका संस्थापक सदस्यसमेत रहेका सापकोटाले पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नयाँ जिम्मेवारीसँगै उनले विदेशमा रहेका नेपाली तथा आजपाका शुभेच्छुकसँग सम्पर्क, समन्वय र सहकार्य विस्तार गर्दै प्रवासमा पार्टीको संगठन निर्माणलाई अघि बढाउने जिम्मेवारी पाएका छन् । आजपाले पछिल्लो समय देशभित्र संगठन विस्तारसँगै विदेशमा रहेका ... The post आजपाको विदेश विभाग प्रमुखमा बालकृष्ण सापकोटा appeared first on Kalika Khabar.