काठमाडौं : विश्वव्यापी सञ्चार प्रविधि कम्पनी हाइटेरा र नेपालस्थित साझेदार कम्पनी अडेलले खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि सुरक्षा निकायलाई सञ्चार उपकरण तथा प्रविधि सहयोग गरेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई विभिन्न सञ्चार उपकरण उपकरणहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहर