पृथ्वी विचारको मूल बाटोमा अर्थात् पृथ्वी पथमा हिँडेर नेपाललाई विकसित मुलुक बनाउन सकिन्छ भन्ने आधार यहाँ प्रस्तुत गर्न कोसिस गरिनेछ। पृथ्वी विचार आफैं विकास विचार हो। विकासको अर्को नाम पृथ्वी विचार हो। पृथ्वी विचारलाई विकासबाट अलग्याउन सकिँदैन भने विकासलाई पृथ्वी विचारबाट अलग्याउन सकिँदैन। पृथ्वी विचार र विकास आफैंमा एउटा साझा नाम हो, साझा अभियान र साझा आन्दोलन पनि हो। जसले विकास चाहन्छ उसले पृथ्वी विचार पढ्छ। यो नेपालको मौलिक विचार पनि हो।जसले पृथ्वी विचार पढ्छ उसले विकासको मूलकडी बुझ्छ। जसले वि