आजको शेयर बजार राताम्मे : नेप्से दोहोरो अंकले घट्यो, ८३ करोड ६० लाखको कारोबार

काठमाडौँ - साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । लामो समयको अन्तरालपछि लगातार तीन दिन बढेको नेप्से सूचक आज ११.८५ अंकले घट्दै १८ सय ५२।०८ अंकमा झरेको हो । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.०३ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् । 

११ अंकले नेप्से घटेको यस दिन ८३ करोड ६० लाख रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर आज किनबेच भएका छन् । 
आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर कम्पनीका सेयर धनीहरुले ६.९६ प्रतिशतले कमाएका छन् भने माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताहरुले ६.५८ प्रतिशतले गुमाएका छन् ।