बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु 

 काठमाण्डौँ - बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका(३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन ।

डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए । उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन् । उनीहरू  दाङ भ्रमणबाट फर्किँदै थिए । दुर्घटनामा २८  जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए ।