पश्चिम बंगालमा चुनावको बेला हिंसा हुँदा १६ जनाको मृत्यु

काठमाडौँ - भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको छ ।

शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।