आजको शेयर बजारमा हरियाली : नेप्से २८.३८ अंकले बढ्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले बढेर ३८८.५१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।