कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा कारागार चलान

काठमाडौँ - कान्तिपुर सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

काठमाडौं जिल्ला अदालतले उहाँलाई केन्द्रीय कारागार चलान गरेको हो ।

सहकारीमा बचतकर्ताले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन भएको पाइएको छ । प्रहरीले उनलाई जेठ १८ गते पक्राउ गरेको थियो ।